नियम १२
पसलको सञ्चालन र व्यवस्थापन
(१) पसलको सञ्चालन र व्यवस्थापन सम्बन्धित सहकारी संस्थाको सञ्चालक समितिले गर्नेछ । सहकारी संस्थाको सञ्चालक समितिले पसलको सञ्चालन र व्यवस्थापनको लागि आवश्यक कार्यविधि आपै बनाउनेछ ।
(२) सहकारी संस्थाले पसल सञ्चालनको दैनिक समय उपभोक्ताको सुविधालाई ध्यानमा राखी आपै निर्धारण गर्न सक्नेछ ।
(३) सहकारी संस्थाको सञ्चालक समितिले पसल सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीको नियुक्ति गर्ने, निजको पारिश्रमिक तथा अन्य सुविधा संस्थाको विनियमको अधीनमा रही तोक्न सक्नेछ ।